एमसिसी बीचमा घुसाएर हाम्रो गठबन्धन टुट्दैन : प्रचण्ड

शुक्रबार, ८ असोज, २०७८
डिजिटल संस्करण

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसी बीचमा घुसाएर गठबन्धन टुटाउन केही मानिस लागेको दाबी गर्दै त्यसकै कारण गठबन्धन नटुट्ने बताएका छन् । काभ्रेको पाँचखालमा बिहीबार आयोजित कार्यक्रममा उनले विपक्षी दलहरू लाग्दैमा पाँचदलीय गठबन्धन नटुट्ने दाबी गरेका हुन् ।

‘केही मानिसले बीचमा एमसिसी ल्याएर दिमाग खराब गरेका छन् । एमसिसी बीचमा घुसाएर गठबन्धन टुटाइदिने भनेर सपना देखिरहेका छन् । एमसिसीको विषयमा शेरबहादुर र प्रचण्ड झगडा गर्छन्, गठबन्धन त्यसपछि टुटिहाल्छन् नि भन्ने छ,’ उनले भने, ‘तर, एमसिसी हाम्रा लागि मुख्य कुरो होइन, गठबन्धन मुख्य हो, त्यसमा हामी सबै सहमत भएर हिँडेका छाैँ ढुक्क हुनुहोस् गठबन्धन टुट्दैन ।’ 

See More On

सुझावित समाचार