सरकारलाई सिस्नुसँग तुलना गदै ओली भन्छन्– जता छोयो त्यतै पोल्छ (भिडियोसहित)

बिहिबार, ७ असोज, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सिस्नुसँग तुलना गरेका छन्। नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले बिहीबार काठमाडौंमा आयोजना गरेको बृहत भेलामा बोल्दै  पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन्।

उनले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई जता छोयो त्यतै पोल्ने सिस्नु भन्दै आगामी निर्वाचनमा तातोपानी लगाएर ठिक पार्ने बताए। 'कस्तो सरकार आयो आयो– सिस्नु जस्तो । जता छोयो त्यतै पोल्छ । अर्को चुनावमा तातोपानी लगाएर ठिक पार्नुपर्छ,’ ओलीले भने।

उनले राजनीतिक सटर बन्द हुने भएपछि आफू नेतृत्वको सरकारलाई हटाउने काम गरिएको दावी समेत गरे। आफूले बनाई दिएको बालुवाटारको नयाँ प्रधानमन्त्री निवासमा प्रधानमन्त्री देउवा सर्न लागेकोमा आफूलाई खुसी लागेको ओलीले प्रतिक्रिया दिए।

फरक प्रसंगमा उनले आफूले मदन भण्डारीलाई मरणोपरान्त दिएको मेडल छोरी उषाकीरणले लिएको भएपनि  सत्ता पक्षले झुटो प्रचार गरेको जिकिर गरे।

सुझावित समाचार