तोडफोड गर्नेलाई कारबाही गर्न पेसागत महासंघको माग

बिहिबार, ७ असोज, २०७८
डिजिटल संस्करण

पेसागत महासंघ नेपालले आफ्नो कार्यालयमा तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छ। यही असोज ४ गते पदाधिकारीको बैठक बसिरहेका वेला एउटा समूहले कार्यालयमा तोडफोड गरेको थियो। 

महासंघका संयोजक बाबुराम थापाले बिहीबार विज्ञप्ति जारी गर्दै तोडफोडमा संलग्नलाई कारबाही गर्न र कार्यालयमा लगाइएको ताला खोल्न माग गरेका छन्।

सो कदम ट्रेड युनियनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्तविपरीत भएको महासंघले जनाएको छ।

सुझावित समाचार