परराष्ट्रमन्त्री खड्काले लिए शपथ

बुधबार, ६ असोज, २०७८
डिजिटल संस्करण

परराष्ट्रमन्त्रीमा डा. नारायण खड्काले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतलनिवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्या भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई पद तथा गोपनीयताको शपथ गराइन्। 

मंगलबार सम्पन्न सत्तागठबन्धनको बैठकले खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो। परराष्ट्रमन्त्री नियुक्त भएसँगै उनी संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व गर्दै न्युयोर्क जाने कार्यक्रम छ। परराष्ट्रमन्त्री नहुँदा महासभामा को जाने भन्ने अन्योल थियो।
 

सुझावित समाचार