कियाको सोरेन्टो हाइब्रिड एसयुभी नेपालमा

बुधबार, ६ असोज, २०७८
डिजिटल संस्करण

कियाले आफ्नो ब्रान्डको पहिलो हाइब्रिड एसयुभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ । कोरियाली अटोनिर्माता कियाले २०२१ सोरेन्टो सार्वजनिक गर्ने तयारी गरेको हो ।  यो गाडीमा १.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाटको इलेक्ट्रोमेग्नेटिक मोटरसहितको १.४९ किलोवाट आवर ब्याट्री रहेको जनाइएको छ । त्यसैले जुनसुकै कठिन भूभागमा लैजान सकिने स्वच्छ र हरित भविष्यका लागि सोरेन्टो हाइब्रिड एउटा हरित विकल्प भएको कम्पनीको दाबी छ । 

यो हाइब्रिड समानान्तर ड्राइभ प्रणालीको टिएमइडी संरचनामा आधारित रहेको जनाइएको छ । यो तारमार्फत फुल गियरबक्समा परिवर्तन भएर ड्राइभिङलाई रोमाञ्चकारी बनाउने कम्पनीले जनाएको छ । यसमा एक हजार ५४ किलोमिटरको यात्रा तय गर्न पुग्ने फ्युल ट्यांक रहेको जनाइएको छ ।

सुरुमा यसले २५ किलोमिटर प्रतिघन्टा दौडिन विद्युतीय मोटर प्रयोग गर्ने र त्यसपछि टिजिडिआई पेट्रोल इन्जिनले यसलाई अघि बढाउने जनाइएको छ । गति बढाउँदा यसले पावर स्प्लिट ट्रान्समिसनमार्फत विद्युतीय मोटर र टिजिडिआई पेट्रोल इन्जिन दुवै प्रयोग गर्ने कम्पनीले जनाएको छ । 

सातवटा एयरब्याग रहेको यो गाडीमा लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम, स्मार्ट क्रुज कन्ट्रोल, सराउन्ड भ्यू मोनिटर, लेन फलोइङ असिस्ट र अन्य थुप्रै सुरक्षा विशेषता रहेको कम्पनीले जनाएको छ । १२.३  इन्चको अल–डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र त्रुटिरहित एवं पढ्न सजिलो डिस्प्लेले यसको स्क्रिनलाई अझ उन्नत बनाएको कम्पनीको दाबी छ ।

ब्लाइन्ड भ्यू मोनिटर टेक्नोलोजीले इन्स्ट्रुमेन्ट क्लस्टरमा लेन एडजस्टमेन्टको प्रत्यक्ष भिडियो दृश्य देखाउने र मोडिने सिग्नल बाल्दा यो एक्टिभेट हुने जनाइएको छ । मुड ल्याम्प, हेड्स अप डिस्प्ले, भेन्टिलेटेड इलेक्ट्रिक सिट, २०२१ सोरेन्टोलाई लक्जरियस एसयुभी बनाउने केही फिचर्स रहेको कम्पनीले जनाएको छ ।   नयाँ सोरेन्टो हाइब्रिड एययुभी रनवे रेड, ग्राभिटी ब्लू, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याक पर्ल र स्टिल ग्रे गरी पाँच रङमा उपलब्ध रहेको छ । यसको मूल्य एक करोड ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । 

See More On

सुझावित समाचार