एमालेकाे विरोधबीच विनियोजन विधेयक राष्ट्रिय सभामा टेबुल

मंगलबार, ५ असोज, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच राष्ट्रिय सभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ। राष्ट्रिय सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूको विरोधबीच प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभासमक्ष टेबुल भएको हो। 

राष्ट्रिय सभा बैठकको प्रारम्भमा बोल्दै नेकपा (एमाले)का तर्फबाट राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारले लोकतन्त्र र पार्टीहरूलाई कमजोर बनाउनका लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको र अध्यादेश लागू गराउनका लागि सभामुखको भूमिका हुनु गलत भएको बताए। उनले नेकपा (एमाले)ले कारबाही गरेका सांसदहरूको सूचना सभामुखले हालसम्म टाँस नगरेको भन्दै राष्ट्रिय सभा बैठकको अवरोध जारी राख्ने बताए। 

See More On

सुझावित समाचार