गोप्रो क्यामराको नेपालका लागि आधिकारिक विक्रेता आइसफल टेक्नोलोजिजले बजारमा गोप्रो हिरो टेन ब्ल्याक एक्सन क्यामरा सार्वजनिक गरेको छ । हिरो नाइन ब्ल्याकको सफलतापछि कम्पनीले हिरो टेन ब्ल्याक ल्याएको हो ।
जिपिटू प्रोसेसरमा आधारित यो क्यामरा छिटो र प्रयोग गर्न सहज रहेको कम्पनीले जनाएको छ । यो क्यामराले प्रतिसेकेन्ड ६० फ्रेमसम्म ५.३ केको उत्कृष्ट गुणस्तरको भिडियो खिच्न सक्ने र २३ मेगापिक्सेलको तस्बिर लिन सकिने जनाइएको छ ।
यस क्यामरामा हाइपरस्मुथ ४.० स्टेबलाइजेसन फिचर छ, जसबाट भिडियो स्टेबल गर्न सकिने जनाइएको छ । यो वाटरप्रुफ डिजाइन तथा टिकाउसमेत रहेको छ । धेरै अपग्रेड भएर आउनु मुख्य कारण रहेको कम्पनीले जनाएको छ ।