जिडब्लुएम नेपालले आकर्षक फिचरसहितको टप भेरिएन्टमा हाभेल जोलियन एसयुभी नेपाली बजारमा ल्याउने भएको छ । विभिन्न ६० मुलुकमा ६५ लाखभन्दा धेरै बिक्री भइसकेको हाभेल ११ वर्ष पहिलेदेखि चीनमा बिक्री हुने एक नम्बरको एसयुभी ब्रान्ड हो ।
यी गाडी कलात्मक र आधुनिक इन्जिनियरिङबाट निर्मित भएकाले ग्राहकको नयाँ सोचलाई मूर्तरूप दिने कम्पनीको दाबी छ । यसमा रहेको १८ इन्चको एओय ह्विल्स, ७३ प्रतिशत हाई स्ट्रेन्थ भएको स्टिल बडी यसको मुख्य विशेषता भएको कम्पनीको दाबी छ । त्यस्तै, यसको सिक्स वे इलेक्ट्रिक एड्जस्टेबल ड्राइभर सिट, पानोरमिक सनरुफ र डुअल जोन अटो एसीले यात्रा आरामदायी बनाउने कम्पनीको दाबी छ ।
१.५ लिटरको पेट्रोल टर्बो इन्जिन भएको यो गाडीमा सिक्स ओम्नी डाइरेक्सनल एयरब्याग, ३६० डिग्री भ्यू, ब्लाइन्ड स्पट मोनिटरिङ र हिल होल्ड कन्ट्रोल एन्ड हिल डिसेन्ट कन्ट्रोल रहेको जनाइएको छ । यसमा रहेको कारप्ले र एन्ड्रोइड अटोसहितको १२.३ इन्च स्मार्ट टच स्क्रिनले यात्रालाई आरामदायी बनाउने कम्पनीको दाबी छ ।