काठमाडौंमा प्रशासनले जारी गर्‍यो निषेध आदेश, के के गर्न पाइदैन ?

बिहिबार, ३१ भदौ, २०७८
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को निषेध आदेश जारी गरेको छ। प्रशासनले असोज १ बाट लागू हुने गरी निषेधाज्ञा थप गरेको हो। प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोविन्दप्रसाद रिजालले असोज १ बाट लागु हुने गरी निषेध आदेश जारी गरेका हुन्।

आदेशमा भौतिक रूपमा विद्यालय सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ। सञ्चालन गर्नैपर्ने अवस्थामा भने स्थानीय तहले अवस्थाको विश्लेषण गरेर जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न सकिने उल्लेख छ।

प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि मान्य हुने गरी आदेश जारी गरेको छ। संक्रमण बढेको अवस्थामा जुनसुकै समयमा आदेशका व्यवस्थाहरू परिवर्तन हुन सक्ने उल्लेख गरिएको छ।

सुझावित समाचार