ट्रकको ठक्करबाट घाइतेको मृत्यु

शनिबार, २६ भदौ, २०७८
डिजिटल संस्करण

सुनसरीको दुहबी नगरपालिका–८ स्थित सोनापुरमा ट्रकको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका–८ का ३० वर्षीय सुलभ गिरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

खनारबाट दुहबीतर्फ आउँदै गरेको ना५५प ९९७९ नम्बरको मोटरसाइकललाई उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको विनायक अक्सिजन फ्याक्ट्री छिर्ने क्रममा को१क ३३९५ नम्बरको ट्रकले शुक्रबार ठक्कर दिँदा मोटरसाइकलचालक गिरी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र चालक ६० वर्षीय नारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

See More On

सुझावित समाचार