एकीकृत समाजवादीको सांसद कायम गर्न माग गर्दै दायर मुद्दा हेर्न नमिल्नेमा

शुक्रबार, २५ भदौ, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) को सांसद कायम गर्न माग गर्दै नेकपा (एमाले)का दुई सांसदले दर्ता गराएको रिट हेर्न नमिल्नेमा राखेको छ। शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा सुनुवाइ तोकिएको थियो।

निर्वाचन आयोगले नेकपा एकीकृतमा सनाखत गर्न नदिएको भन्दै २३ भदौमा एमाले सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट सर्वोच्चमा पुगेका थिए।

रिटमा निर्धारित समयमा एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको जिकिर गर्दै एमालेले गर्न सक्ने कारबाही रोक्न अन्तरिम आदेश माग गरिएको छ।
 

सुझावित समाचार