एमाले सांसदको विरोधबीच संसद् बैठक सुरु

शुक्रबार, २५ भदौ, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरूको अवरोधबीच संसद् बैठक अगाडि बढेको छ। सभामुख अग्नि सापकोटाले बैठक सुरु गरेका छन्। अवरुद्ध नगर्न १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक सुरु भएपछि एमालेले अवरोध सुरु गरेको थियो। 

प्रेम सुवालले आर्थिक अध्यादेश अस्वीकृत गर्नेसम्बन्धी प्रस्ताव प्रस्तुत गर्न रोस्ट्रममा उभिएका थिए। तर, प्रतिपक्षको अवरोधबीच आफूले प्रस्ताव पेस नगर्ने भन्दै उनले प्रस्ताव पेस गरेनन्।

एमालेका सांसदहरूले एमाले विभाजनमा सभामुख सापकोटाले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको भन्दै संसदमा नाराबाजी गरिरहेका छन्।

सुझावित समाचार