एमसिसी उपाध्यक्ष सुमारको टोलीलाई कालो झण्डा देखाउने चारजना पक्राउ

मंगलबार, २२ भदौ, २०७८
डिजिटल संस्करण

एमसिसीकी उपाध्यक्ष फतिमा सुमारको टोलीलाई कालो झण्डा प्रदर्शन गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ। एमसिसीको पछिल्लो अवस्था बुझ्न नेपाल आएका सुमारसहितको टोलीलाई कालो झण्डा प्रदर्शन गर्ने उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटअगाडिबाट पक्राउ परेका हुन्।

एमसिसीको विरोधमा मंगलबार एमसिसी खारेज राष्ट्रिय अभियान, मार्क्सवाद अध्ययन समूह, स्वतन्त्र युवा जनसेवक समूह र उन्मुक्त पुस्ताले विमानस्थल गेटअगाडि कालो झण्डासहित प्रदर्शन गरेको हो। प्रदर्शनकारीहरूले ‘रिजेक्ट एमसिसी’, ‘गो ब्याक एमसिसी’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए।

सुझावित समाचार