नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को महामन्त्रीमा कपिलेश्वर यादव नियुक्त भएका छन् । यादवलाई सभापति शेरबहादुर देउवाले आइतबार नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको महामन्त्री नियुक्त गरेका हुन्।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार नेपाली कांग्रेसमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठिक संरचना समायोजनका लागि भएको सहमतिअनुसार यादवलाई नियुक्त गरिएको हो।