एनएमबिका ग्राहकलाई दराजका सामान किस्ताबन्दीमा

शनिबार, १९ भदौ, २०७८
डिजिटल संस्करण

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीले अनलाइन बजार दराजबाट किस्ताबन्दीमा समान खरिद गर्न पाउने भएका छन् । उक्त सुविधासम्बन्धी सम्झौतामा बैंक र कम्पनीबीच सम्झौता भएको हो । 

सम्झौताअनुसार बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट आफूलाई आवश्यक सामानहरू किस्ताबन्दीमा खरिद गर्न सक्ने जनाइएको छ । यसका लागि ग्राहकले दराजबाट भुक्तानी गरी सामान खरिद गर्ने र उक्त खरिद रकमलाई एनएमबि बैंकले इएमआईमा रूपान्तरण गर्ने उल्लेख गरिएको छ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको जनाएको छ । बैंकले देशभरका एक सय ८१ शाखा, एक सय ३७ एटिएम, नौ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।

See More On

सुझावित समाचार