प्रचण्डको नेतृत्वमा पुनः ठूलो वामदल बन्ने सम्भावना छ : देवेन्द्र पौडेल

शुक्रबार, १८ भदौ, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले माओवादी केन्द्रको अगुवाइ र प्रचण्डको नेतृत्वमा वाम जनमतलाई पुनः जोडेर मुलुकको सबैभन्दा ठूलो वाम दलको निर्माण हुने सम्भावना बढेको बताएका छन्।  

अखिल क्रान्तिकारीले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा नेता पौडेलले मुलुकका अधिकांश साना तथा ठूला दल आन्तरिक समस्याको झमेलाबाट गुज्रिरहेको वेला माओवादी केन्द्र प्रचण्डको नेतृत्वमा उत्साहित र एकताबद्ध  भएको दाबी गरे। नीति, विचार र नेतृत्वमा समस्या नभएको पार्टी माओवादी केन्द्र मात्रै भएको बताए।

इतिहासले कम्युनिस्ट  आन्दोलनलाई  संगठित गर्ने अवसर केपी ओलीलाई पनि दिएको, तर उनी आफ्नै गलत प्रवृत्तिका कारण असफल बनेको उनले उल्लेख गरे। 

सुझावित समाचार