माओवादी केन्द्र (माओवादी केन्द्र) को स्थायी समिति बैठक सम्पन्न भएको छ। बैठकमा पार्टीको आन्तरिक संगठन सुधारका सम्बन्धमा छलफल भएको केन्द्रीय सदस्य गणेश शाहले जानकारी दिए।
शाहका अनुसार अन्य पार्टीबाट माओवादी केन्द्रमा समायोजन भएकाको समायोजन पाँच दिनभित्र टुंगो लगाउने र पार्टीको निर्वाचन समितिलाई पाँच दिनभित्रै पूर्णता दिने निर्णय भएको छ। समायोजन सम्पन्न गर्न वर्षमान पुन र गिरिराजमणि पोखरेललाई यसअघि नै जिम्मेवारी दिइएको छ।
‘अन्य पार्टीबाट नेकपा (माओवादी केन्द्र)मा समायोजन भएका सबैलाई वर्षमान पुनः गिरिराजमणि पोखरेललाई पाँच दिनमा टुंगो लगाएर पार्टीको निर्वाचन आयोग एक सदस्य मात्र रहेकाले पाँच दिनभित्र नाम छलफल गरी प्रस्ताव गर्ने र पूर्णता दिने निर्णय भएको छ,’ शाहले भने।