झन्डै दुई किलो यार्सागुम्बासहित चारजना पक्राउ

शुक्रबार, १८ भदौ, २०७८
डिजिटल संस्करण

अवैध यार्सागुम्बासहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको नयाँ बसपार्कमा बस्ने ५० वर्षीय बेलबहादुर थापा, बानियाँटार बस्ने ४० वर्षीय कृष्ण परियार,  मित्रनगरमा बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ र तारकेश्वर बस्ने ४७ वर्षीय दानबहादुर जिसीलाई पक्राउ गरेको हो।

उनीहरू गोंगबुबाट पक्राउ परेका हुन्। उनीहरूको साथबाट एक किलो आठ सय ५० ग्राम यार्सागुम्बा बरामद भएको प्रहरीले जनाएको छ। महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाले विनाकागजात यार्सा बोकेको भेटिएपछि पक्राउ गरिएको बताए । उनले भने, ‘यो अवैध यार्सा हो। उनीहरूसँग यसको खरिद–बिक्रीको कुनै कागजात छैन। यार्सा कसरी ल्याए अनुसन्धान भइरहेको छ ।’

सुझावित समाचार