वाइवाईको जिंगल रिमिक्स प्रतियोगिता भट्टराईले जिते

शुक्रबार, ११ भदौ, २०७८
डिजिटल संस्करण

वाइवाई चाउचाउले आयोजना गरेको जिंगल रिमिक्स प्रतियोगिता सम्राट भट्टराईले जितेका छन् । प्रतियोगितामा सहभागी भएका ६२ मध्ये ६१ जनालाई पछि पार्दै इटहरीका भट्टराई विजयी भएका हुन् । 

प्रविधिको पहुँच र युवाहरूमा प्रतिभा हुँदाहुँदै पनि पछि परेको निष्कर्ष निकाल्दै ‘हामी सबैको वाइवाई जिंगल रिमिक्स प्रतियोगिता’ आयोजना गरेको कम्पनीले जनाएको छ । विश्व संगीत दिवस २१ जुनको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा देशभरबाट ६२ जनाले सहभागिता जनाएको कम्पनीले उल्लेख गरेको छ ।  

हाल प्रचलनमा रहेको सामाजिक सञ्जालको प्रयोग गर्दै युवा वाद्यवादकहरू, गायक–गायिकाहरू र संगीतकारहरूलाई नेपालभरबाट सहभागिता जनाउन उनीहरूद्वारा रिमिक्स गरिएको मूल जिंगललाई हामी सबैको वाइवाई जिंगल रिमिक्स प्रतियोगिता पेजमा जुलाई २१ सम्म सहभागी हुन गरेको आह्वानबमोजिम सहभागीमध्येबाट विजेता चुनिएको कम्पनीले जनाएको छ । 

प्रतियोगिताका निर्णायकमा गायकहरू जेम्स प्रधान, सञ्जय श्रेष्ठ, नवीन भट्टराई र रोहित क्षत्री रहेको जनाइएको छ । विजेता भट्टराईले एक लाख रुपैयाँ प्राप्त गरेको कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार