प्रदेश १ का मुख्यमन्त्रीले आज राजीनामा दिने, आजै भीम आचार्यलाई मुख्यमन्त्री बनाउने एमालेको तयारी

बिहिबार, १० भदौ, २०७८
डिजिटल संस्करण

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजीनामा दिँदै छन् । एमाले संसदीय दलको नेता परिवर्तन गरेर शेरधनले राजीनामा दिने र आजै अपराह्नसम्म मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रदेश प्रमुखबाट नियुक्त गराउने एमालेको तयारी छ । 

बागमती प्रदेशमा जस्तै मुख्यमन्त्रीलाई राजीनामा गराएर नयाँ मुख्यमन्त्री  नियुक्त्त गरेर आफ्नो बहुमत कायम राख्नका लागि प्रदेश १ मा एमालेले तयारी थालेको हो । तयारीअनुसार अहिले प्रदेश १ एमाले संसदीय दलको बैठक बसेको छ ।

बैठकले भीम आचार्यलाई संसदीय दलको नेता चयन गर्नेछ । त्यसपछि मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिनेछन् र आचार्य नयाँ मुख्यमन्त्री नियुक्त्त हुनेछन् । 
 

सुझावित समाचार