बिरामी ठग्ने १० बिचौलिया विराटनगरबाट पक्राउ

बिहिबार, १० भदौ, २०७८
डिजिटल संस्करण

विराटनगरका निजी अस्पताल, क्लिनिक र फार्मेसीहरूले  बिचौलिया प्रयोग गरेर बिरामीलाई ठगी गरिरहेको खुलासा भएको छ ।  औषधि–उपचारमा संलग्न १० जना बिचौलियालाई बुधबार मोरङ प्रहरीले  एकैपटक पक्राउ गरेपछि विराटनगरका निजी अस्पताल, क्लिनिक र फार्मेसीहरूले बिचौलियाहरू प्रयोग गरेर बिरामी ठगी गरिरहेको खुलेको हो 

टाढाटाढाबाट विराटनगरका ठूला अस्पतालमा उपचार गराउन आएका बिरामीलाई बिचौलियाहरूले मोटो कमिसन लिएर यहाँ राम्रो डाक्टर छैन, यो अस्पतामा कोरोना धेरै छ, यहाँ औषधि राम्रो दिँदैनन् भन्दै आफ्नो सम्पर्कमा रहेका अस्पताल र क्लिनिकहरूमा पुर्याउने गरेका थिए । उनीहरूले पुर्याएका बिरामीहरूलाई सम्पर्कमा भएको फार्मेसीमा औषधि किनाउन बाध्य पार्दथे ।  

बुधबार मोरङ प्रहरीले कोसी अस्पतालबाट तीनजना र नोबल अस्पतालबाट सातजना बिचौलिया पक्राउ गरेको छ । पक्राउ परेका १० जना बिचौलियाहरू सबै फार्मेसी र क्लिनिकहरूमा काम गर्ने गरेको पाइएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।  

पक्राउ परेका बिचौलियाहरूमा  सुनसरी दुहवी– ६ का ५४ वर्षीय श्रीराम चौधरी, सिराहा– २ का २० वर्षीय सूर्यनारायण यादव, मोरङ कटहरी गाउँपालिका– ३ का  ४२  वर्षीय मोहम्मद जलि ,  मोरङ विराटनगर– ७ का  १८ वर्षीय  विश्वास मण्डल, विराटनगर–  १४ का  २३ वर्षीय रोशन गुप्ता, विराटनगर– ४ का १९ वर्षीय सुजित यादव, विराटनगर– ५ का २२ वर्षीय फिरोज यादव, २१ वर्षीय समीर खान,१८ वर्षीय सरोज खान  र विराटनगर– ३ का १८ वर्षीय अमित यादव छन् ।  

See More On

सुझावित समाचार