भ्याली कोल्डस्टोरले ‘केएल टावर’मा भ्याली एक्सप्रेसको छैटाैँ शाखा विस्तार गरेको छ। स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पालना गर्दै हाल सञ्चालनमा रहेका अन्य शाखाझैँ अहिलेको महामारीको समयमा यस शाखाले पनि ‘टेक अवे’ र ‘होम डेलिभरी’मार्फत मात्र आफ्ना परिकारहरू पस्किने जनाएको छ।
भ्याली एक्सप्रेसमा अन्तर्राष्ट्रिय चेन रेस्टुरेन्टले उपयोग गरिरहेका प्रविधिको प्रयोग गरी ग्रिल्ड चिकेन, चिकेन वर्गर, फ्राइड चिकेन, ससेज मिल, चिकेन पपकर्नलगायतका परिकार पाइनेछन्।
प्रारम्भमा मासुजन्य व्यापारको उद्देश्यले स्थापना भएको यस प्रालिले ३७ वर्षको दौरानमा मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग र आधुनिक ह्याचरी उद्योगसमेत गरी पोल्ट्री व्यवसायलाई एकीकृत रूपमा सञ्चालन गरिरहेको छ।
भ्याली ग्रुपमा अहिले मासुजन्य व्यापारसँग सम्बन्धित मुलुकका विभिन्न स्थानमा कोल्ड स्टोर, फिड इन्डष्ट्रीहरू, ह्याचरी उद्योगहरू आधुनिक वधशाला र फास्टफुड चेनहरू सञ्चालनमा छन्।