एमालेको बहिष्कारपछि विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री

सोमबार, ७ भदौ, २०७८
डिजिटल संस्करण

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ। सोमबार प्रदेश सभाको नवौँ अधिवेशनको चौथो बैठकमा विश्वासको मत लिने कार्यसूचीअनुसार उनले विश्वासको मत लिँदै छन्। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक बहिष्कार गरेपछि विश्वासको मत लिने प्रक्रिया अघि बढेको हो। सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गरेको थियो। अवरोधपछि बैठक आधा घन्टाका स्थगित भएको थियो। आधा घन्टापछि सुरु भएको बैठकमा एमालेले बहिष्कार गरेको थियो। एमाले सहभागी नभए पनि प्रतिपक्ष दल जनता समाजवादी पार्टी (जसपा)का सांसद उपस्थित भएपछि तेस्रो बैठकले निरन्तरता पाएको थियो।

सुझावित समाचार