सभामुखप्रति एमाले सांसदले गरेको व्यवहार आपत्तिजनक छ : गठबन्धन दल

सोमबार, ७ भदौ, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका सांसदहरूले सभामुखप्रति देखाएको व्यवहार र अभिव्यक्तिप्रति सत्तापक्षीय गठबन्धन दलले आपत्ति जनाएका छन्। सोमबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको संसदीय दलले आपत्ति जनाएका हुन्।

यही भदौ ३ र ४ गते प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरू माधव नेपालसहितका नेताहरूलाई गरिएको कारबाहीबारे सूचना टाँस गर्न सभामुखलाई दबाब दिन सिंहदरबार पुगेका थिए। उक्त समयमा सभामुखलाई लक्षित गरी उनीहरूले संसदीय मर्यादाविपरीत दिएका धम्कीपूर्ण अभिव्यक्तिको सम्बन्धमा ध्यानाकर्षण भएको वक्तव्यमा उल्लेख छ।

संघीय संसद्को संरक्षक सभामुखविरुद्धको धम्कीपूर्ण अभिव्यक्ति नेपालको संविधान र लोकतान्त्रिक प्रणालीविरुद्ध रहेको गठबन्धन दलको ठहर छ।

संवैधानिक व्यवस्थाको रक्षा गर्नु सबै सांसदको दायित्व रहेको भन्दै उनीहरूले एमाले सांसदहरूलाई संवैधानिक मर्यादा अवलम्बन गर्न आग्रह गरेका छन्।
 

सुझावित समाचार