माधव नेपालको पार्टी दर्ता प्रक्रिया पूरा भएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ : प्रवक्ता श्रेष्ठ (भिडियोसहित)

आइतबार, ६ भदौ, २०७८
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले माधवकुमार नेपालले निर्वाचन आयोगमा दर्ता गरेको पार्टीको दर्ता प्रक्रिया पूरा भएपछि मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता प्रक्रिया पूरा भइसकेपछि मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन्।

बैठकले पार्टीलाई व्यवस्थित र विधिसम्मत रूपले सञ्चालन गर्दै अन्य कम्युनिस्ट शक्तिहरूसँग एकता र ध्रुवीकरणका लागि वार्ता गर्न पहल गर्ने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनले भने, ‘हाम्रो पार्टीलाई व्यवस्थित गर्ने, विधिसम्मत ढंगले, संस्थागत ढंगले सञ्चालन गर्ने र यसको क्रान्तिकारी रूपान्तरण गर्ने कुरालाई केन्द्रबिन्दुमा राख्दै अरू सबै कम्युनिस्ट क्रान्तिकारी शक्तिहरूसँग पनि एकता र ध्रुवीकरणको निम्ति वार्ताको पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने पनि निर्णय गरेको छ।’

सुझावित समाचार