माधव नेपालको चुनाव चिह्न स्वागत नेपालको पार्टीसँग मिलेपछि…

बुधबार, २ भदौ, २०७८
डिजिटल संस्करण

दल विभाजनसम्बन्धी अध्यादेश आएपछि नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका माधवकुमार नेपालले प्रस्ताव गरेको चुनाव चिह्न यसअघि नै दर्ता भएको पार्टीको रहेको पाइएको छ। 

नेकपा एमाले (समाजवादी)  पार्टी दर्ता गर्न निवेदन दिएका माधव नेपालको पार्टीले प्रस्ताव गरेको चुनाव चिह्न खुला किताब यसअघि नै उन्नत लोकतन्त्र पार्टीले लिइसकेको पाइएको हो।

पार्टीका अध्यक्ष स्वागत नेपालले एक विज्ञप्ति जारी गर्दै खुला किताब चुनाव चिह्न प्रस्ताव गरेकोमा आपत्ति जनाएका छन्। उक्त चिह्न माधव नेपालको पार्टीलाई निर्वाचन आयोगले दिए कानुनी उपचारमा जाने उनले बताएका छन्।

सुझावित समाचार