प्रदेश २ का प्रमुख मिश्रले लिए शपथ

मंगलबार, १ भदौ, २०७८
डिजिटल संस्करण

प्रदेश नम्बर २ का प्रमुख  हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ लिएका छन् । मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रदेश प्रमुख पदको पद तथा गोपनीयताको शपथग्रहण गरका हुन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रमबीच मिश्रको शपथग्रहण सम्पन्न भएको छ । शपथग्रहण समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनालगायतको उपस्थिति थियो।

सुझावित समाचार