अफगानिस्तानको पीडा बोकेर आइपुगे नेपाली (फोटोफिचर)

मंगलबार, १ भदौ, २०७८
डिजिटल संस्करण

अफगानिस्तानबाट एक सय १८ जना नेपाली काठमाडौं आइपुगेका छन्। उनीहरूलाई अमेरिकी सेनाको विमानले अफगानिस्तानबाट उद्धार गरेर दोहा पुर्‍याएको थियो। दोहाबाट कुवेत हुँदै उनीहरू आज जजिरा एयरको विमानमार्फत काठमाडौं आइपुगेका हुन्। 

उनीहरूलाई विमानस्थलबाट सेनाले सामाखुसीस्थित होल्डिङ सेन्टरमा लगेको छ। आवश्यक स्वास्थ्य परीक्षणपछि उनीहरू घर फर्कनेछन्। सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई अनलाइन रजिस्ट्रेसन गर्न भनेको छ।  

हेर्नुहोस् तस्बिरहरू :

सुझावित समाचार