रिक्त समानुपातिक प्रदेश सांसदमा जसपाले निर्मला मुडभरी भट्टराईलाई पठाउने

मंगलबार, १ भदौ, २०७८
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशमा रिक्त समानुपातिक सांसदमा निर्मला मुडभरी भट्टराईलाई पठाउने भएको छ।  जसपा कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईका अनुसार कल्पना पाण्डेयको रिक्त स्थानमा उनलाई पठाउन लागिएकाे हाे । 

रुपन्देहीकी भट्टराईलाई जसपा कार्यकारिणी बैठकले समानुपातिक सांसदमा पठाउने निर्णय गरेको थियो। उक्त निर्णय निर्वाचन आयोगमा पठाइसकिएको राईले नयाँ पत्रिकालाई बताए। लुम्बिनीमा जसपाका ६ सांसदमध्ये तीन सांसद कारबाहीमा परेका थिए। त्यसमध्ये कारबाहीमा पर्ने पाण्डेय समानिपातिक सांसद थिइन्।
 

See More On

सुझावित समाचार