कोभिड– १९ महामारी सुरु भएसँगै बलिउडका ठूला कलाकारहरू डिजिटल जगतमा प्रवेश गर्ने क्रम बढिरहेको छ। अब यसमा रितेश देशमुखको नाम पनि जोडिने भएको छ।
रोमान्टिक कमेडी चलचित्र ‘प्लान ए प्लान बी’मार्फत उनी ओटिटी प्लेटफर्ममा डेब्यु गर्न लागेका हुन्। रितेशले इन्स्टाग्राममा चलचित्रका केही तस्बिर सार्वजनिक गर्दै डिजिटल डेब्यु गर्न लागेको जानकारी दिएका छन्।
नेटफ्लिक्सबाट रिलिज हुने यस चलचित्रमा तमन्ना भाटिया, पुनम ढिल्लोलगायतले पनि अभिनय गरेका रितेशले जनाएका छन्।