जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकताबारे महन्थ ठाकुर पक्षले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। महन्थ ठाकुरको रिटमा सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको इजलासले निर्वाचन आयोगको निर्णयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
निर्वाचन आयोगले साउन ११ गते हेड काउन्ट गर्दै उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको थियो। त्यसको विरुद्ध महन्थ ठाकुर सर्वोच्च पुगेका थिए।