तालिवान समूह हतियारसहित अफगानिस्तानको राजधानी काबुल छिरेको छ। राजधानीकाे चारैतिरबाट आइतबार दिउँसो तालिवान लडाकुहरू काबुल छिरेको अलजजिराले जनाएको हो।
यसअघि अफगानिस्तानको सरकारविरुद्ध युद्धरत चरमपन्थी संगठन तालिवानले मुलुकका अधिकांश सहरहरू नियन्त्रणमा लिइसकेको छ। तालिवानले आइतबार अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने मुख्य सहर जललावाद विनाकुनै आक्रमण कब्जामा लिएको हो। यससँगै मुख्य सहरहरूमध्ये तालिवानले कब्जा गर्न अब राजधानी काबुल मात्र बाँकी छ।