काठमाडौंमा तरुण दलको जनचेतनामूलक कार्यक्रम

आइतबार, ३१ साउन, २०७८
डिजिटल संस्करण

सत्तारुढ नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल काठमाडौंले कोरोना भाइरसबाट जोगिन आइतबार जनचेतनामूलक कार्यक्रम गरेको छ।

काठमाडौंको विभिन्न ठाउँ बालाजु माछापोखरी, गाेंगबु बसपार्क, महाराजगन्ज चोक, चाबहिल चोक, जोरपाटी चोक, कोटेश्वर चोक,  बानेश्वर चोक, कालिमाटी चोक, कलंकी चोक र कीर्तिपुर पांगा चोकलगायतका ठाउँमा जनचेतामूलक कार्यक्रम गरिएको हो।

मास्क बाँड्दै अनि जनचेतामूलक सन्देश बाढ्दै कार्यक्रम गरिएको छ।

सुझावित समाचार