दिल्लीमा खनालसँग सुरेन्द्र पाण्डे र भीम आचार्यको भेट

शनिबार, ३० साउन, २०७८
डिजिटल संस्करण

उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेका एमाले नेता झलनाथ खनालसँग एमाले नेताहरुले भेटवार्ता गरेका छन्।   दिल्लीमा खनालसँग सुरेन्द्र पाण्डे र भीम आचार्यको भेट गरेका हुन्। 

आचार्यका अनुसार खनालले पार्टी विभाजनको खतरा रोकेर एमालेलाई एकतावद्द बनाउनुपर्नेमा जोड दिए। भेटमा खनालले टुट-फुटको कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्न उनले जोड दिएको उनले बताए। 

'विभाजनको सम्भावना रोक्न र एकतावद्ध पार्टी बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो', आचार्यले भने। 

मृगौला प्रत्यारोपण गरेका खनालको स्वास्थ्यमा क्रमशः सुधार भैरहेको र १५ भदौभित्र डिस्चार्ज भएर फर्किने सम्भावना रहेको उनले जानकारी दिए।
 

सुझावित समाचार