एउटा बैंक वा वित्तीय संस्थाबाट एक व्यक्तिले सेयर धितो राखेर चार करोडबराबरको कर्जा लिन पाउने भएका छन्। शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्ष ०७८ /७९ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएका हुन्।
त्यस्तै, समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्मको ऋण लिन पाउने व्यवस्था मौद्रिक नीतिले गरेको छ। ऋणीले उक्त सीमाभन्दा बढी कर्जा उपभोग गरिरहेको अवस्थामा यस्तो कर्जा नियमित गर्न उपयुक्त समयसीमा प्रदान गरिने व्यवस्था गरिएको छ।
बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितोमा प्रवाहमा हुने मार्जिक प्रकृतिको कर्जामा तोकिएको विद्यमान कर्जा धितो मूल्य अनुपात भने यथावत् रखिएको छ।