महाकवि देवकोटाको घरको मुद्दामा विपक्षी झिकाउन आदेश

बुधबार, २७ साउन, २०७८
डिजिटल संस्करण

महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरानो घर भत्काएकोविरुद्धको मुद्दामा सर्वोच्च अदालतले विपक्षी झिकाउन आदेश दिएको छ। अधिवक्ता सञ्जय अधिकारीले दर्ता गरेको रिटमाथि बुधबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले यस्तो आदेश दिएको हो।  

रिटमा अहिलेसम्म भत्काइएको संरचनालाई थप क्षति नपुर्याउन अन्तरिम आदेश माग गरिएको थियो। साथै भत्काएर नयाँ बनाउन लागिएको संरचनामा त्रुटि रहेको र तयार भएको डिजाइनअनुसारको संरचनाले मौलिकता जोगाउन नसक्ने जिकिर गरिएको छ। 

सुझावित समाचार