नेप्सेमा सामान्य सुधार आएको छ। अघिल्लो दिन नयाँ रेकर्ड बनाएको नेप्से झिनो अंकले बढ्दा लगानीकर्ताको आकर्षण हाइड्रोपावरतर्फ सोझिएको छ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्ति भएसँगै जलविद्युत् कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको हो। बुधबार हाइड्रोपावर समूहमा करिब ४ प्रतिशतले बढेको छ भने होटेल तथा पर्यटन समूह, माइक्रो फाइनान्स,जीवन बिमा, निर्जीवन बिमा समूहको सूचकमा लगानीकर्ताको आकर्षण बढेको छ।
नेप्से परिसूचक शून्य दशमलव ७६ अंकले घटेर ३ हजार १ सय ६२ दशमलव ४१ बसन्दुमा पुगेको छ। त्यस्तै ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स २ दशमलव ३८ अंकले घटेर ५ सय ८५ विन्दुमा पुगेको छ।
सबैभन्दा धेरै बढ्ने कम्पनीमा आइसिएफसी कम्पनी, रिडी हाइड्रोपावर, रुरु जलविद्युत् कम्पनी, जीवन विकास लघुवित्त, युनियन लाइफ इस्योरेन्स, एनआरएन इन्फाइष्ट्रचर बैंक कम्पनीको सेयर १० प्रतिशतले सकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ।
अरुण काबेली, नेपाल हाइड्रो डेभलाेपर्स, रिर्याङ हाइड्रोपावर कम्पनी, सिइडिबी हाइड्रोपावरमा लगानीकर्ताको उच्च आकर्षण बढाउँदै यी कम्पनीका लगानीकर्ताको नाफा आर्जन गर्न सफल भएका छन् । सो दिन जानकी फाइनान्सको ७ प्रतिशतले घटेको छ भने हाइड्रो इलेक्ट्रिक, सिटी हाइड्रो, गोर्खाज फाइनान्स, वेस्ट फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ता दिन निराश बनेका छन्।
धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय ३० कम्पनीको २ करोड ७२ लाख कित्ता सेयर सेयर खरिद–बिक्री हुँदा १५ अर्ब ४५ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ। सो दिन सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा अपर तामाकोसी हाइड्रोपावर कम्पनीको ६८ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रो पावर कम्पनीमा ५७ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ।
त्यसैगरी, कारोबार हुने कम्पनीमा अरुण काबेली पावर कम्पनीको ५६ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ। अपि हाइड्रो कम्पनीकाे ५३ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ। त्यसैगरी आइसिएफसी कम्पनीको ५१ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ।