लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

बुधबार, २७ साउन, २०७८
डिजिटल संस्करण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। उनले अविश्वासको प्रस्ताव सामना गर्नुपूर्व नै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष राजीनामा बुझाएका हुन्। प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री बैजनाथ चौधरीले मुख्यमन्त्रीले राजीनामा दिएको पुष्टि गरे।

आज बस्ने प्रदेश सभा बैठकमा पोखरेलविरुद्धको अविश्वासको प्रस्ताबारे छलफल हुँदै थियो । विपक्षी दलहरूले माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। 
 

सुझावित समाचार