हामी कसैको टाङमुनि छिर्दैनौँ : नेपाल

बुधबार, २७ साउन, २०७८
डिजिटल संस्करण

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सम्मानजनक सहमतिविना कसैको टाङमुनि नछिर्ने बताएका छन् । पार्टीभित्र एकताको प्रयास चलिरहेकै वेला संस्थापन पक्षले एकलौटी ढंगले देशैभर विधानमाथि छलफल अगाडि बढाएपछि नेपालको यस्तो प्रतिक्रिया आएको हो ।

यद्यपि, नेपालले अध्यक्ष केपी ओली र पार्टी संस्थापन पक्षको नाम भने लिएनन् । ‘हामी दृढताका साथ अघि बढ्नेछौँ, कसैको टाङमुनि छिर्ने छैनौँ । अँध्यारो सुरुङमा जानेवाला छैनौँ, दम्भी, अहंकारी र गलत ढंगले चल्नेहरूलाई माथ गरेर नै अगाडि बढ्नेछौं,’ मंगलबार आयोजित एक कार्यक्रम नेपालले भने ।

सुझावित समाचार