प्रधानमन्त्रीलाई गगनको प्रश्न– कक्षा १२ को परीक्षा स्थगित गरेर अन्य परीक्षा सञ्चालन गर्नुको आधार के हो ?

सोमबार, २५ साउन, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना महामारीका कारण कक्षा १२ को परीक्षा स्थगित गरेर अन्य परीक्षा सञ्चालन गर्नुको आधार के हो भन्दै प्रश्न गरेका छन्। उनले  यसमा स्वास्थ्य मन्त्रालयको धारणा के छ भन्दै जवाफसमेत मागेका छन्। ‘प्रधानमन्त्रीज्यू, कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनुपर्याे कि वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्याे,’ उनले भनेका छन्।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित, तर अन्य परीक्षा सञ्चालन ! यसको आधार र तर्क के हो ? यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ ? प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनुपर्याे कि वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्याे ।’

See More On

सुझावित समाचार