बोलबमका यात्री बोकेको बोलेरो नहरमा खस्दा एकको मृत्यु, एकजना बेपत्ता

सोमबार, २५ साउन, २०७८
डिजिटल संस्करण

बोलबमका यात्री बोकेको बोलेरो गाडी रौतहटको नुनथरस्थित नहरमा खस्दा एकजनाको घटनास्थलमै ज्यान गएको छ भने एकजना बेपत्ता भएका छन् । सोमबार बिहान बाराबाट  रौतहटको नुनथरमा जल लिन आएको बोलबमका यात्री चढेको ना.५च ३१६६ नम्बरको बाेलेरो गाडी जिल्लाको चन्द्रपुर नगरपालिका– १ स्थित बागमती सिँचाइको नहरमा बिहान ४ बजे खसेको थियो ।  

बाेलेरो नहरमा खस्दा बारा  गढीमाई नगरपालिका बस्ने ४५ वर्षीया मीनादेवी कोइरीको घटनास्थालमै ज्यान गएको र सोही बाेलेरोमा सवार बाराकै बोधवन नगरपालिका बस्ने ६५ वर्षीया सोनरीदेवी मुखिया नरहमा बेपत्ता भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लीलाराज लामिछाने जानकारी दिए । 

बाेलेरोमा सवार घाइतेको सर्लाहीको कर्मैयामा रहेको अस्पतालमा उपचार भइरहेको छ । नहरमा खसेको बोलेरो क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको र बेपत्ता महिलाको खोजीकार्यमा प्रहरी जुटेको डिएसपी लामिछानेले जानकारी दिए ।  

सुझावित समाचार