स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन हुने

आइतबार, २४ साउन, २०७८
डिजिटल संस्करण

सरकारले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने भएको छ। आज सार्वजनिक गरिएको सरकारका साझा न्यूनतम कार्यक्रममा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति–संस्थामाथि कानुनी कारबाही गर्ने उल्लेख छ।

यस्तै कार्यक्रममा कोभिड- १९ रोकथाम, नियन्त्रण र उपचारका लागि अस्पताललगायत भौतिक पूर्वाधारको विकासमा प्राथमिकता दिने उल्लेख छ। 

कोभिडको तेस्रो लहरका सम्बन्धमा स्वास्थ्य सचेतना बढाउने, आवश्यक जनशक्ति र गुणस्तरीय स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्ने, अक्सिजन र अन्य आवश्यक औषधिको आपूर्तिको सुनिश्चितता गर्ने तथा स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्ने सरकारको न्यूनतम कार्यक्रम रहेको छ।
 

सुझावित समाचार