सरकारले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै छ। त्यसअघि गठबन्धनमा शीर्ष नेताहरू छलफलमा जुटेका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा न्यूनतम साझा कार्यक्रम तयार पार्ने कार्यदलका सदस्यसहित शीर्ष नेताहरूले छलफल गरेका हुन्।
कार्यदलले मन्त्रीको आचारसंहिता, सरकार सञ्तनलनको कार्यविधि र न्यूनतम साझा कार्यक्रम तयार पारेर शीर्ष नेताहरूलाई बुझाएको थियो।
छलफलपछि आज ४ बजे उक्त कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको छ।