कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने

शुक्रबार, २२ साउन, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक साउन २८ गते २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने जनाइएको छ।

कांग्रेसको क्रियाशील सदस्यता विवाद कायमै छ। विवादका कारण तल्ला तहको अधिवेशन पनि हुन सकेको छैन। सदस्यता विवाद कायम रहँदा महाधिवेशनको कार्यतालिका पनि प्रभावित हुने सम्भावना  छ।
 

सुझावित समाचार