नेप्सेमा १२ अंकको करेक्सन भएको छ । साताको अन्तिम कारोबारका दिन १२ दशमलव ६४ अंकले घटेर ३ हजार १ सय १० दशमलव ८१ बिन्दुमा पुगेर बन्द भएको छ । कारोबार अवधिभर बजार ‘टेक एन्ड ब्रेक’मा रहेन खोजेको देखिए पनि लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा बस्दा अनन्तः बजार घटेर बन्द भएको हो ।
पछिल्लो समय लगानीकर्ताहरू मौद्रिक नीति र कम्पनीहरूले जारी गर्ने लाभांशको पर्खाइमा बसेका देखिन्छन् जसको कारण बजारमा लगानीकर्ताहरू खुलेर लाग्न बाँकी नै रहेको अहिलेको बजारले देखाउँछ । बजार विश्लेषकहरूका अनुुसार लगानीकर्ताहरूले कम्पनीलाई एकपछि अर्को गर्दै झुुम्मिँदा पनि बजारले करेक्सनको बाटो रोजेको हुन सक्ने बताउँछन् । कारोबारमा आउने १३ समूहको सूचकमा ११ समूहको सूचक नकारात्मक बनेका छन् भने वाणिज्य बैंक र विकास बैंकमा लगानीकर्ताको आकर्षण बढेको छ । अघिल्लो दिन हाइड्रोपावरमा समूहबाट नाफा कमाएका लगानीकर्ता सो दिन भने निराश बनेका छन् ।
युनिभर्सल पावर कम्पनी, बरुण हाइड्रो पावर कम्पनीको ६ प्रतिशतले सेयर घटेको छ भने रिडी हाइड्रो पावर कम्पनी, शिव श्री हाइड्रोपावर कम्पनीको ५ प्रतिशतले घटेको छ भने पञ्चकन्या हाइड्रोपावर कम्पनी, ग्रिनलाइफ हाइड्राेपावरका लगानीकर्तामा निराश बनेका हुन् ।
चार कम्पनीमा सेयर सर्किट मूल्यमा कारोबार
चार कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ । नेपाल फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त वित्तीय संस्था, युनियन लाइफ इस्योरेन्सको सेयर १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । फर्स्ट माइक्रो फाइनान्स, जानकी फाइनान्स, खानी खोला हाइड्रोपावर सप्तकोसी हाइड्रोपावर कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण उच्च रहेको छ ।
धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २६ कम्पनीको २ करोड ८८ लाख कित्ता इकाइ सेयर किनबेच हुँदा १४ अर्ब ३१ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा अपर तामाकोसी हाइड्रो पावर कम्पनीको ६५ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो कारोबार हुने कम्पनीमा अपि पावर कम्पनीको ५८ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यसैगरी कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रो पावर कम्पनी ४९ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ । फर्स्ट माइक्रो फाइनान्स कम्पनीको ३१ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ । अरुण काबेली हाइड्रो पावर कम्पनीको २८ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ ।