करेन्ट लागेर दाजुभाइको मृत्यु

बिहिबार, २१ साउन, २०७८
डिजिटल संस्करण

जंगली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका– ५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् ।  

बुधबार राति पौने ११ बजे घरनजिकै रहेको मकैबारीमा जंगली बँदेलका लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुवैको मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।उनले भने, ‘जंगली बँदेल मार्नका लागि मकैबारीमा करेन्ट छाडिएको रहेछ, उनीहरू बँदेल धपाउन मकैबारी गएका वेला करेन्ट लागेको भन्ने बुझिएको छ ।’ करेन्ट लाग्नेबित्तिकै दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृतक दुवै सहोदर दाजुभाइ हुन् । 

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ खटाइएको छ । जिल्लाका सबैजसो स्थानमा लगाइएको मकैबाली जंगली जनावरले नष्ट गर्न थालेकाले किसानलाई मकैबाली जोगाउन धौधौ परेको छ । 

See More On

सुझावित समाचार