हिरो मोटरसाइकल तथा स्कुटरमा छुट

सोमबार, १८ साउन, २०७८
डिजिटल संस्करण

 हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर उत्पादन गर्दै आएको हिरो मोटोकर्पले आफ्नो स्थापनाको १०औँ वर्ष पूरा गरेको अवसर पारेर नेपालमा पनि विभिन्न छुट योजना घोषणा गरेको छ । नेपालका लागि हिरोको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङले यो योजना ल्याएको हो । 

योजनाअनुसार कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा ५ हजार रुपैयाँ छुट पाइने कम्पनीले जनाएको छ । त्यस्तै, सर्भिसिङमा ५० प्रतिशत छुटका साथै स्पेयर पार्टस्मा १० प्रतिशत छुट तथा वासिङ निःशुल्क गरिदिने जनाइएको छ । योजना साउन २५ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । 

सुझावित समाचार