केपी ओलीले भने– सरकारको दमन सुरु भइसक्यो, आवश्यक परे प्रतिरोध गर्छाैँ (भिडियोसहित)

आइतबार, १७ साउन, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीले सरकारले दमनको बाटो लिएको दाबी गर्दै प्रतिवाद गर्ने चेतावनी दिएका छन् । ओलीले जिल्ला–जिल्लाबाट आएका स्काउटका कार्यकर्तालाई रोक्ने, खानासमेत नदिने, सभा, सम्मेलन गर्न नदिएर सरकारले दमनको बाटो लिएको भन्दै प्रतिवाद गर्ने बताएका हुन् । 

तुलसीलाल स्मृति प्रतिष्ठानले आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले सरकारलाई दमन नगर्न खबरदारीसमेत गरे । उनले ठूलो त्याग, बलिदान र संघर्षबाट जनताको अनुकूल लोकतान्त्रिक शासन व्यवस्था आएको उल्लेख गर्दै त्यस परिस्थितिलाई तलमाथि हुन आफ्नो पार्टीले नदिने दाबीसमेत गरे । 

ओलीले मुलुकको विकास र समृद्धिका लागि कम्युनिस्ट नेतृत्वको सरकार नै चाहिन्छ भन्ने कुरालाई आफू नेतृत्वको सरकारले पुष्टि गरेको जिकिर गरे ।
 

सुझावित समाचार