म्याद सकिएका सामान बेच्‍ने कस्मेटिक गोदाममा प्रहरीको छापा

आइतबार, १७ साउन, २०७८
डिजिटल संस्करण

म्याद सकिएको कस्मेटिक सामग्रीमा नयाँ मिति राखेर बिक्री–वितरण गर्दै आएको एक गोदाममा प्रहरीले छापा मारेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएकाे प्रहरी टोलीले स्वयम्भूस्थित सानो भर्‍याङको एक घरमा छापा मारेको हो ।

प्रहरीका अनुसार भाटभटेनी, बिग मार्टलगायतका स्थापित चेन सुपर मार्केटमा उनीहरूले नयाँ लेबल र मिति टाँसेर उक्त सामग्री बिक्री–वितरण गर्दै आएका थिए । महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले  विशेष सूचनाका आधारमा कारखानामा छाप मारिएको बताए । 

उनले भने, ‘म्याद सकिएको कस्मेटिक सामग्री बिक्री–वितरण हुँदै आएको छ भन्ने सूचना आयो । खोज्दै जाँदा सानो भर्‍याङमा त्यस्ता सामग्रीलाई नयाँ लेबलिङ गर्ने गोदाम नै रहेको खुल्यो । हामीले सोही गोदाममा  छापा  मारेका हौँ । घटनाको थप अनुसन्धान हुन बाँकी छ ।’

सुझावित समाचार