नेप्सेमा दोहोर अंकले वृद्धि भएको छ । सोमबार ८ अंंकले घटेर करेक्सन हुन पुुगेको नेप्सेमा मंगलबार हरियाली छाएको हो । मंगलबार नेप्से परिसूचक २९ दशमलव २४ अंकले बढेर ३ हजार ७९ दशमलव ६७ बिन्दुमा पुगेको छ । त्यसैगरी, ‘क वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ३ दशमलव १९ अंकले बढेर ५ सय ७४ दशमलव ३० बिन्दुुमा पुुगेको छ ।
पछिल्लो समय सेयर बजार एकपछि अर्को रेकर्डमा पुुग्नुलाई लगानीकर्ता कम्पनीहरूले जारी गर्ने लाभांश घोषणा र राजनीतिक स्थायित्वको कारण मान्छन् । बजार करेक्सन हुँदै वृद्धि हुनुु र कारोबार रकमले पनि साथ दिएकाले बजारमा निराश हुनुनपर्ने पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् ।
१३ समूहका सूचकमध्ये ९ समूहका सूचकमा हरियाली छाउँदा ४ समूहका सूचक भने नकारात्मक बन्न पुुगेका छन् । उत्पादनमूलक समूहको सूचक ४ प्रतिशतले बढेको छ भने जलविद्युुत्, फाइनान्स, जीवन बिमा, निर्जीवन बिमा समूहको सूचकमा हरियाली उल्लेख्य वृद्धि भएको छ ।
१० कम्पनीमा सकारात्मक सर्किट
मंगलबार १० कम्पनीको सेयर मूल्य सर्किट मूल्यमा कारोबार भएको छ । सर्किट लाग्ने कम्पनीहरूमा मल्टी पर्पाेज फाइनान्स, खानी खोला हाइड्रोपावर, युनाइटेड मोदी हाइड्र«ोपावर, नेपाल हाइड्रो डेभलपर्स, जोशी हाइड्रो, घलेम्दी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी, जानकी फाइनान्स, युनिभर्सल पावर कम्पनी, हिमालयन पावर पार्टनरको सेयर मूल्यमा १० प्रतिशतले सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।
त्यसैगरी, सिनर्जी पावर डेभलपमेन्ट, रिलायन्स फाइनान्सका लगानीकर्ताले सो दिन उच्च नाफा आर्जन गर्न सफल भएका छन् । सपोर्ट माइक्रो फाइनान्स, उन्नति सहकार्य लघुुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, स्वाभिमान लघुुवित्त, समता लघुवित्तका सेयर मूल्य करिब ४ प्रतिशतले घटेको छ ।
यस दिन धितोपत्र र ऋणपत्र गरी २ सय २५ कम्पनी कारोबारमा आउँदा ३ करोड २३ लाख कित्ता सेयर किनबेच भएर १५ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै एनआइसी एसिया लघुुवित्त वित्तीय संस्थाको ४९ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।
अपि पावर कम्पनीको ४८ करोड ३२ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ३६ करोड २४ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावर कम्पनीको ३५ करोड २८ लाख रुपैयाँ, नेसनल हाइड्रोपावर कम्पनीको ३४ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ ।